चलचित्र ‘श्री’ टिमले चलचित्र पत्रकार संघ नेपालको ‘कल्याणकारी कोष’लाई सहयोग गरेको छन् । चलचित्र टिमले कार्यक्रम आयोजना गर्दै रु २५ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरेका थिए । कायक्रममा बोल्दै निर्मात्री सविता गुरुङले चलचित्र दोस्रो हप्ता प्रवेश गरेको खुसीमा ‘कल्याणकारी कोष’लाई सहयोग गरेको बताएकी थिन l कार्यक्रममा पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, महासचिव समीर बलामी, कार्यक्रम उपाध्यक्ष जीवन पराजुली, कोषाध्यक्ष प्रदीप कार्की, सचिव रघुनाथ सापकोटा र विशाल राई, सदस्य अशिष वली र सृष्टि पोखरेल लगायत उपस्थित रहेको थियो । कोषमा यसअघि नै निर्माता तथा प्रदर्शक सुमित मैनालीले ५१ हजार र निर्देशक जनक दीप पराजुलीले २५ हजार ५ सय सहयोग गर्ने घोषणा गरिसकेका छन् l सूर्य एभरेस्ट बोहराको निर्देशन रहेको "श्री" मा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा लगायत कलाकारको अभिनय रहेको छ ।