सिनेमा हल सञ्चालनमा आएको केही समय मात्रै भएको थियो l कोरोनाका कारण लगभग १ वर्ष पछि सिनेमा हल सञ्चालनमा आउँदा सिने क्षेत्रका व्यक्तिहरूको मुखमा मुस्कान भरिएको थियो lपौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरू खोल्न दिने निर्णय गरेको थियो । सोही समय केही चलचित्रहरू प्रदर्शनमा आएको थियो l मुर्दा कुरेको घाट जस्तो भएको सिनेमा हल दर्शक नआएता पनि सिनेमाहरू भने प्रदर्शनमा आएका थिए l हल खुलेको ३ महिनासम्म केही नयाँ विदेशी र नेपाली चलचित्र रिलिज भएका थिए । थचारिएको सिनेमा हलले आफ्नो शरीर तङ्रराउन नपाउँदै फेरी कोरोनाको दोश्रो लहरले भुईँमै बजाइदिएको छ l आज नेपाल सरकारले वैशाख मसान्तसम्म भिडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्‍यो । जसमा, सिनेमा हलहरू समेत  कोरोना त्रासको छायामा परेको छ l कोभिडको जोखिम बढेको भन्दै आज बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय, चलचित्र भवन, रात्रिकालीन व्यवसाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।