प्रकाश सुबेदी खर्रो पत्रकारको रूपमा सिने क्षेत्रमा चिनिन्छन् l यसो त उनले कति खोज् पत्रकारीता गर्छन् थाहा छैन l तर, जे बोल्छन् त्यो विवादित नै बनिदिन्छ l चाहे त्यो सत्य कुरा होस् या असत्य नै l त्यही भएर प्रकाशलाई भन्ने गरिन्छन् नि l सुवेदीको पत्रकारिता सिने क्षेत्रमा भगवानको वर्दान की श्राप l प्राय जसो कलाकारहरूको उजुरी परी रहन्छ प्रकाश माथि l कहिले दारा निक्लेको भनेर उजुरी पर्छ , कहिले अर्काको लोग्ने स्वास्नीको झगडा भित्र छिरे भनेर उजुरी पर्छ l जति उजुरी परे पनि अटेर गर्ने प्रकाशका अब दुई मनोरञ्जनात्मक कार्यक्रम निलम्बित भएको छ l "ग्ल्यामर गफ र रजटपट" l त्यो पनि उजुरी नै परेको कारण l अन्य कलाकारको उजुरीले नछोएको प्रकाशलाई l शिल्पाको उजुरीले भने च्यापै बनाइहाल्यो l केही दिन अघि कार्यक्रममा एक विवाहित पुरुषसँग शिल्पाको नाम जोडेर सामग्री बनाएका थिए प्रकाशले ।
शिल्पाले सो खबरलाई सहन नसकेर प्रकाश विरुद्ध उजुरी हालेकी थिइन चरित्रहत्या भयो भनेर l त्यसैको केही दिन पछि बोर्ड बैठकले शिल्पाको अन्तरवार्ताबाहेक उनको विषयमा अरू खालका सामग्री प्रसारण नगर्न भनेर निर्देशन दिएको थियो l उक्त समय नै दशाले घेरेको सुवेदीलाई निर्देशनले कहाँ छुन्थ्यो र ? अटेर गरेर शिल्पाका पूर्व पती छवि ओझालाई मिडियामा घुसाइहाले l त्यसपछि त यता शिल्पालाई पनि सही नसक्नु भयो l दिहालिन् कार्यक्रम नै बन्द गर्नु पर्ने अर्को उजुरी l त्यस्पछी टिभी बोर्डको ५ गते बसेको बैठकले प्रकाशको कार्यक्रम नै खोज्नु पर्ने अवस्था बनाइदियो l कार्यक्रम नै बन्द भएपछि अब उनी माथि उजुरी नपर्ला र विवादित पनि नबन्लान् ? भनेर आस चाही गरौँ भर चाही नपरौँ l कार्यक्रम बन्द भए संगै शिल्पाले सो निर्णयका लागि टेलिभिजनलाई धन्यवाद दिएकी छन् ।