चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको छ । नायिका अदिति बुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्रको छायांकन पूर्वको लेटाङबाट सुरु गरिएको हो l बाबरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन् । चलचित्रको छायांकन स्थल लेटाङ, बुधबारे र सिक्किमलाई तोकिएको छ l ‘कृ’मा काम गरेर चर्चा कमाएकी अदितिको यो दोश्रो चलचित्र हो । उनकै होम प्रोडक्शनमा बन्न लागेको यो चलचित्र प्रेमको कथामा निर्माण हुने छ l अदिति र धिरजको अलावा चलचित्रमा धिरज टोटलानी, तृत्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।