वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ भएको छ l आज सोमबार जन्मदिन परेको उनको जन्मदिन मनाउँदै गर्दा कोरोना पोजेटिभ देखिएपछि कार्यक्रम स्थगित गरिएको थियो । उनी सहित उनका सबै परिवारमा कोरोना सङ्क्रमण देखिएको हो l कुनै पनि लक्षण नदेखिए पनि स्वास्थ्य प्रति सचेत रहने परीक्षण गर्दा सङ्क्रमण पोजेटिभ देखिएको थियो । यती बेला उनको सबै परिवार घरमै आइसोलेसनमा बसेको जनाइएको छ ।