अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ भएको छ l चलचित्र "घिन्ताङ"को छायाङ्कनमा ब्यस्त रहेकी केकी दोश्रो पटकको टेस्टमा पनि कोरोना देखिएको हो l होम आइसोलेसनमा रहेकी केकी कोरोना भए पछि निर्माण टिमले चलचित्रको छायाङ्कन पनि रोकेका छन् l दीपक श्रेष्ठले निर्देशन गर्ने फिल्मको छायाङ्कन यही सोमबारबाट सुरु गर्ने तालिका थियो । लक्ष्मी बर्देवा र एलिजा गौतमले छोडे पछि निर्देशक  दीपक श्रेष्ठले केकीलाई चलचित्रमा अनुबन्धित गराएका थिए l चलचित्रमा उनले गौरव पहारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।एकल महिला र पुरुषबिचको अन्तरजातीय प्रेम सम्बन्ध चित्रण गर्ने चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहेको छ l सात वर्षपछि दीपकले निर्देशनमा यही चलचित्र मार्फत कमब्याक गरेका हुन्