विश्वभर ५ करोडभन्दा बढी डिभाइस रहेको अमेजन फायर टिभीमा पनि ‘सिनेमा घर’ को एप उपलब्ध हुने भएको छ ।ठुलो स्क्रिनमा सिनेमा हेर्न सजिलो हुने गरी स्मार्ट डिभाइसमा एप्सलाइ ल्याइएको हो l सो कुरा यस्का सञ्चालक सागर खरेलले बताएका हुन् l साथै उनले विदेशमा बस्ने धेरै नेपालीले अमेजन टिभीको स्मार्ट डिभाइस प्रयोग गर्ने भएकाले अब ‘सिनेमा घर’ को ग्राहक बढ्ने विश्वास पनि राखेका छन् l यसअघिनै ‘सिनेमा घर’ एन्ड्रोइड टिभी, एन्ड्रोइड फोन तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेट लगायतका स्मार्ट डिभाइसमा उपलब्ध थियो भने अब क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरूमा पनि हेर्न सकिने छ l केही समय पछि अफलाइन डाउनलोडको सुविधा पनि सुरु हुने भएको छ l
कलाकार खगेन्द्र लामिछाने र सागर खरेलको समूहले सुरु गरेको यो प्लेटफर्ममा नेपाली सिनेमा वेब सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने सुविधा छ । वर्ष भरी रु ५०० तिरेर सिनेमा, सिरिज लगायत अन्य भिडियो हेर्न यसमा हेर्न सकिनेछ भने हाल यो एपमा ‘ डमरुको डन्डी बियो, कोहलपुर एक्सप्रेस, सरौतो, मंगलम, बबी, ब्लाइन्ड रक्स, कथा काठमान्डू, मंगलम ’ लगायतका चलचित्रहरू छन् l केही समय पछि अन्य चलचित्रहरू पनि थपिँदै जाने यस् एप्सका सञ्चालकहरूले जानकारी गराएका छन् l