गायिका ममता पोखरेल गौतम र गायक सुरेन्द्र महर्जन'अमर'को युगल स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'जे होला होला' बोलको उक्त गीतलाई सरोज श्रेष्ठको निर्देशन गरेका हुन् भने विकाश लामिछाने र रेश्मा लामाले अभिनय गरेको छन् । भिडियोलाई विशाल प्रजापतिले खिचेका हुन् भने सम्पादन माधव बेल्बासेले गरेका छन् ।

कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन"अमर" को तेह्रौं कृति "अमर" भित्रको गीतहरू मध्यको गीत हो " जे होला होला" । एल्बम 'अमर'का सबै गीतहरूमा संगीतकार राम कार्कीको संगीत रहेको छ ।