चलचित्र "प्रेमगन्ज" को छायाङ्कन सुरु भएको छ l काभ्रे बाट छायाङ्कन सुरु भएको चलचित्रमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा छिन् l ४० दीनको सुटिङ शेड्युल तोकिएको चलचित्रको छायांकन काभ्रेसँगै काठमाडौँमा पनि हुने छ । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेका चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दै छन् ।राजु फुयाँलको लगानी रहेको चलचित्रलाई संजय लामाले छायांकन गर्दै छन् lचलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । नायिका बेनिशा हमालको अलावा चलचित्रमा तेज गिरी, सुप्रिया खनाल, ,राईडर प्रशान्त,सिम्रन खड्का, आयुषी ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ l