अश्मिता अधिकारीको आवाजमा "जय नेपाल जननी" बोलको गीत सार्वजनिक भएको छ l डा. उत्तम उपाध्याय न्यौपाने र  विमला हुमागाईँले गीतको शब्द रचना गरेका हुन् l भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् l बोधा नलेज एन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोमा शब्द रचनकार सँगै दिन्दयल रेग्मीको अभिनय रहेको छ l

नवीन कार्कीको लय सिर्जना, विशाल निरौलाको संगीत संयोजन  र दिपेन बस्नेतको छायाङ्कन रहेको भिडियोलाई  बोधा नलेजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ  l