लोकप्रिय रियालिटी सो "कमेडी च्याम्पियनको" नयाँ शृङ्खला नआउने भएको छ l शोका प्रतियोगीलाई कोरोना पोजेटिभ देखिएका कारण यो हप्ता सो प्रसारणमा नआउने भएको हो l परीक्षण गर्दा श्रेया सुवेदीलाई कोरोना पोजेटिभ देखिएका कारण यो हप्ताको नयाँ शृङ्खला नआउने निर्देशक विशाल भण्डारीले जानकारी गराएका छन् l”

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले भने, “हामी अहिले सबै जना  होटल बगैँचामा छौँ । कोरोना परीक्षणको रिपोर्ट नआएसम्म बाहिर ननिस्किने भनेर यहीँ बसेका छौँ ।” सोही शोका निर्माता केकी अधिकारी र रिमा विश्वकर्माको भने परीक्षण गर्दा नेगेटिभ आएको छ l