कोरोनाको दोश्रो लहरका कारण यती बेला सिने क्षेत्र प्रभावित छ l कोरोना बढे सँगै केही देशको सरकारले लकडाउन समेत गरी सकेको छ l सोही कारण रिलिज मिति तय गरी सकेका चलचित्रहरू पनि पछि हटेका छन् l तर , बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र "राधे" भने मे १३ मै रिलिज हुने भएको छ l चलचित्र हलमा र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने भएको हो ।प्रभु देवाको निर्देशनमा तयार भएको चलचित्रमा सलमान खान, दिशा पटानी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र हलमा गएर हेर्न चाहने दर्शकले टिकट काटेर हलमै हेर्न सक्नेछन् यस् खबर भारतीय सञ्जालमा उल्लेख गरिएको छ l तर, हलमा जान नचाहने दर्शकले ओटीटी प्लेटफर्ममा पैसा तिरेर चलचित्र हेर्नुपर्नेछ ।