बलिउड अभिनेता सुशान्त सिंह राजपुटको जीवनमा आधारित चलचित्र ‘न्याय द जस्टिस’ लाई प्रदर्शन गर्नको लागी रोक् लगाइएको छ l टिजर सार्वजनिक भएपछि उक्त चलचित्रलाई रोक्नु पर्ने भन्दै दिल्ली हाई कोर्टमा उजुरी परेको हो। सुशान्तका पिता केके सिंहले निर्माता माथि उजुरी हालेका हुन् l यो उजुरीमाथि सुनुवाइ गर्दै दिल्ली हाई कोर्टले सिनेमाको निर्मातालाई नोटिस पठाएका छन् ।

दिलीप गुलाटीको निर्देशन रहेको चलचित्रमा जुबेर खान, श्रेया शुक्ला, अमन वर्मा, असरानी र शक्ति कपूर मुख्य भूमिकामा छन् l सार्वजनिक टीजरमा सुशान्तको भूमिका जुबेर खानले निभाएका छन् भने रिया चक्र्वतीको क्यारेक्टरलाई श्रयाले निभाएकी छिन् l