फिल्म ‘कबड्डी ४’को आज शुभमुर्हत गरिएको छ l । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । निर्देशक रामबाबु गुरुङको निर्देशन रहने यस् फिल्म वैशाख १५ गतेबाट छायांकनमा लैजाने निर्माण टिमको तयारी छ l ‘कबड्डीको अन्तिम सिरिज रहने फिल्म बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो l निर्माण टिमले फिल्मको रिलिज मिति पनि पक्का गरी सकेका छन् l असोज १५ लाई रिलिज मिति लक्क गरीएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको प्रमुख भूमिका रहनेछ । गौमायाले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन् । फिल्मको निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् ।  निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत फिल्ममा समावेश रहनेछ । फिल्मको कथा निर्देशक गुरुङ र लेखक उपेन्द्र सुब्बाको रहेको छ l