शिल्पा पोख्रेल र रवीन्द्र रिमाल फिचर्ड रहेको म्युजिक भिडियो ‘ज्यानलाई भो खतरा’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र अन्जु पन्तको स्वर रहेको गीतको शब्द लेखु सहयात्रीले कोरेकी हुन् l  सुवास भुषालको लय सिर्जना ,पुरुषोत्तम सुवेदीको संगीत संयोजन गीतमा समावेश छ l मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोलाई सम्झना रौनियार उप्रेतीले निर्देशन गरेकी हुन् l

 

सबस्त इन्टरटेनमेन्टको प्रस्तुति रहेको म्युजिक भिडियोमा रामेश्वर हुमागाईँको छायांकन ,भरत रेग्मीको सम्पादन तथा रंग संयोजन,मनोज केसीको कन्सेप्ट र गोविन्द राईको कोरियोग्राफी रहेको छ ।