फिल्म "बाबरी क्याफे" को छायाङ्कन सुरु भइसकेको छ l  सुरेन्द्र पौडेलले निर्देशन रहेको फिल्ममा अभिनेत्री अदिति बुढाथोकी र धिरज मगर मुख्य भूमिकामा छन् l यति बेला फिल्मको छायांकन पूर्वको लेटाङमा भइरहेको छ l  ‘कृ पछि दोश्रो फिल्म "बाबरी क्याफे" मा देखिएकी अदितिको फिल्मको सेटबाट एक तस्बिर बाहिरिएको छ l आफ्नै नाम लेखिएको पर्पल ड्रेसमा अदिति देखिएकी छिन् l सार्वजनिक तस्बिर उनले भिन्न पोजमा फोटो खिचाएकी छन् l   बाबरी फिल्मस्को प्रस्तुतिमा तयार हुन यो फिल्मको छायांकन लेटाङ, बुधबारे र सिक्किममा हुनेछ । २ साता नेपालमा फिल्मको छायांकन गरेपछि सिक्किम प्रस्थान गर्ने तयारीमा यसको निर्माण पक्ष छ । २ युवा र एक युवतिका त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गतबर्षको लकडाउन अगाडि नै सुरु गर्ने तयारीमा यसको निर्माण पक्ष थियो । तर, कोरोनाका कारण लामो समय लकडाउन भएपछि चलचित्रको काम सुरु हुन सकेको थिएन ।