नेपाली पप गायन विधामा आफ्नो छुट्टै गायन शैली प्रस्तुत दिँदै युवापुस्ता माझ चर्चित बनेका उदयमान पप गायक हुन् नितेश जङ्ग कुवर । दर्शकमा आफ्नो छुटै साङ्गीतिक छाप छोडेका नितेशले अब भने यस क्षेत्र बाट बिदा लिएका छन् l संगीत क्षेत्र बाट बिदा लीन लागेको नितेश आफैँले सामाजिक सञ्जालमा बताएका हुन् l उनी लेख्छन् 'प्यारा साथीहरू,मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छ, म तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस्" l
धेरै दर्शक श्रोताले उनका गीतहरू मन पराएको कारणले गर्दा उनको व्यस्तता बढी रहेको थियो । देश तथा विदेशमा साङ्गीतिक कार्यक्रम गरेका कुवरको प्राय सबै गीत युवा पुस्तामा निकै लोकप्रिय छ । गेडे जस्तो जिन्दगी, हाम्रो नेपालमा, निस्ठुरी मोरी लगायत गीतहरू चर्चामा छन् l