गायक अनीश भण्डारीको नयाँ गीतको भिडियो ‘चरीले’ सार्वजनिक भएको छ । राम अविरल बिस्टको शब्द रचना रहेको गीतको लय सिर्जना राजन तिमिल्सिनाको रहेको छ l शान थापाले निर्देशन गरेको भिडियोमा नायक पल शाह र मोडल गीता ढुंगानासँग अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । राजीव समरले कोरियोग्राफी गरेका छन् । गीतको भिडियो युट्युब लगायत अन्य अडियोका डिजिटल प्लेटफर्ममा उपलब्ध छ ।यसअघि गायक भण्डारी र गायक सुगम पोख्रेलको संयुक्त गीत ‘ताली ठोकौँला’ दर्शक श्रोतामाझ लोकप्रिय भएको थियो ।