२०७२ मा भुईँचालोले ढलेको धरहराले लगभग ६ वर्ष पछि आफ्नो स्वरूप पाएको छ l प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उद्घाटन गरेका थिए भुईँचालो पछि आफ्नो पहिलेकै स्वरूपमा आएको धरहराको l  पटक–पटक ढलेर पनि धरहरा उठेकोमा खुसी व्यक्त गर्दै नेपालीहरूले फरक फरक प्रतिक्रिया पनि सामाजिक सञ्जालमा व्यक्त गरेका छन् l यसै क्रममा नेपाली सिने क्षेत्रकी वरिष्ठ कलाकार गौरी मल्लले पनि आफ्नो प्रतिक्रिया जनाएकी छिन् l उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा शुभचिन्तकहरूले सहमति पनि जनाएका छन् l मल्लले प्रश्न गर्दै लेखिकी छिन् ' धरहरा त उठ्यो तर  हामी कहिले उठ्ने ? धरहरा पटक पटक ढल्यो र पटक पटक उठ्यो पनि। लाग्छ यो पाली धरहराले बलियो बनोट पाएको छ ।  शानले पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन सक्षम बन्यो। धरहरा त  उठ्यो  र पनि मेरो ओठमा  गर्वको मुस्कान  छैन। धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीको पनि धरहराको जस्तै  त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?हरेक कोण कोण बाट गिराइसकिएको मेरो देशले शानले फेरी कहिले शिर उठाउन पाउने..? धरहराले जस्तै..... ! हो , धरहरा त उठ्यो तर  हामी कहिले उठ्ने ???