सिनेमा ‘दोख’को ‘रातैले बुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । अनुप बरालको निर्देशन रहेको सिनेमाको गीतमा झुमा लिम्बूको आवाज समावेश गरिएको छ l श्रवण मुकारुङको शब्द र पुष्पसंगमको संगीत रहेको गीतको भिडियोमा सिनेमाको कथा बोल्ने दृश्यहरू देखाइएको छ l सिनेमालाई राजन कठैतले लेखेका हुन् । दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ लगायत कलाकारको सिनेमामा अभिनय रहेको छ । जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबिचको दुष्मनीको कथालाई सिनेमामा प्रस्तुत गर्छ ।