अभिनेत्री वर्षा सिवाकोटीको प्रेम चर्चा सिने क्षेत्रमा अग्र स्थानमा छ l कुरै कुरामा प्याचप र ब्रेकपको कुरा निक्ल्यो भने पनि वर्षाकै नाम  मस्तिष्कमा आउँछ l सम्बन्धमा रङगीन छाउँदै गरेको अवस्था होस् वा चिसोपना नै, वर्षा मनको कुण्ठा पोख्न सामाजिक सन्जालनै  रोज्छिन् l केही महिना यता देखी उनको एक युवक सँग नाम जोडिएर समाचारहरू पनि सम्प्रेषण भइसकेको छ l त्यो पनि चलचित्र विकास बोर्डका सदस्य राज कटुवाल सँग l पुर्व प्रेमी सविनजंग थापा सँग प्रेम सम्बन्धमा पानी बाराबार भएपछि वर्षा राज कटुवाल सँग नजिकिएकी थिइन् l बाहिरी रूपमा प्रेम बारे प्रस्तुत हुन नचाहे पनि भित्री रूपमा यी दुई नजिक छन् भनेर सिने क्षेत्रका मान्छेहरूले ठाडै अड्कल काटी सके l अड्कल पनि किन नकाटुन् एक आपसमा सँगै बसेको तस्बिर सेयर गर्दै सम्बन्धका क्याप्सनहरू छ्याप् छ्याप्ती लेख्न थाले पछि l

अब त हुँदा हुँदा यी दुईको विवाहको चर्चा पनि बजारमा चल्न थाली सकेको छ l हावा नचली पात त्यसै त हल्लिँदैन l  हालै मात्र उनले एक तस्बिर सार्वजनिक गरेकी छिन् l जसमा उनी रातो सारीमा सजिएकी छिन् l साथै, क्याप्सनमा पनि –‘तिम्रो मायाले भयो मेरो मन भारी । लगाइदेऊ मलाई तिम्रो नामको रातो सारी’ । क्याप्सन हेरेर यसो बुझ्दा खेरी  प्रेममा धोका खादा खादा अब बिहे नै गर्ने अन्तिम सोचमा पुगेकी हुन् त वर्षा ? भनेर पनि लाग्न थालिसक्यो l