कलाकार शिशिर भण्डारीले गीत "फोटो फिरीममा २ रुमाल चिनो छ"  युट्युब बाट हटाएका छन् l सामाजिक सन्जाल मार्फत गीत हटाएको भन्दै शिशिर आँफैले बताएका हुन् l केही दीन अगाडी लोक दोहोरी गीत "औँठी चिनो छ" सँग लय मिल्न गएको भन्दै  उनी माथि गीत चोरीको आरोप लागेको थियो l तर "औँठी चिनो छ" का टिमले चोरीको आरोप लगायता पनि शिशिरले भने उक्त गीत सँग आफ्नो गीतको लय नमिल्ने भन्दै अन्तर्वातामा जाहेर पनि गरेका थिए l शिशिरकै कथा/ निर्देशन शब्द ,संगीत रहेको गीतमा आवाज प्रताप दास , रचना रिमाल र कुमार अभिको रहेको थियो l भने, दोहोरी गीत "औँठी चिनो छ" मा चाही गायक राजु परियार,बिमा कुमारी दुरा र सूर्य कुमार छेत्रीको आवाज समावेश  छ l