वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ भए पछि होम आइसोलेसनमा बसेका थिए l होम आइसोलेसनमा बसेका मदन कृष्णलाई छातीमा समस्या देखिएका कारण अस्पताल भर्ना गरिएको छ l उनलाई शुक्रवार ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। श्रेष्ठले संक्रमण पुष्टि भएपछि वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारका सदस्यहरू छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसन बसेको जनकारी गराएका थिए। कुनै पनि लक्षण नदेखिए पनि स्वास्थ्य प्रति सचेत रहने परीक्षण गर्दा सङ्क्रमण पोजेटिभ देखिएको थियो ।