पछिल्लो समय कलाकारहरूले व्यवसाय तिर पनि आफूलाई धकेल्दै लगी रहेका छन् l नेपाली सिने क्षेत्रमा थुप्रै कलाकारहरू जसले अभिनय सँगै व्यवसायलाई अगाडी बढाइ रहेका छन् l अभिनेत्री वर्षा राउत , श्वेता खड्का , गौरव पहारी, कर्मा शाक्य , वर्षा सिवाकोटी लगायत कलाकारहरू फिल्म भन्दा पनि बढी व्यवसाय तिर रमेका छन् lअब अर्की अभिनेत्रीले पनि व्यवसाय तिर आफूलाई डोर्याएकी छिन् l अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह l
साम्राज्ञीले अनलाइन स्टोर सञ्चालनमा ल्याएकी छिन् l शाहले प्याप नामक अनलाइन स्टोर सञ्चालनमा ल्याएकी हुन् l