९३ औँ अस्कर अवार्ड समारोह सम्पन्न भएको छ । सोमबार समापन भएको अस्कर अवार्डमा नेटफिल्क्सका सिनेमा ३६ विधामा मनोनयन परे पनि ७ विधामा मात्र अवार्ड जित्न सफल भएको छ l यसै गरी ३ विधामा सर्वेत्कृष्ट सिनेमा , नोम्याडल्यान्ड’, सिनेमा, निर्देशक र अभिनेत्री गरी तीन विधामा अवार्ड उचालेको हो l आर्थिक मन्दीमा सबथोक गुमाएकी एक ६० वर्षिया महिलाले पश्चिम अमेरिकी भूगोल हुँदै गरेको एक यात्राको कथा यसले भन्छ ।  यो सिनेमाको निर्देशक क्ओल झाओ इतिहासमै अस्करको निर्देशन विधा अवार्ड जित्ने दोस्रो महिला निर्देशक बनेकी छिन् । फ्रान्सिस म्याकडरम्यान्ड यही सिनेमाबाट उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । यसअघि क्याथरिन बिगेलोले सन् २०१० मा ‘हार्ट लकर’बाट सर्वोउत्कृष्ट निर्देशकको विधामा अवार्ड जितेकी थिइन् । सोनी पिक्चर्सको क्लासिक सिनेमा ‘द फादर’बाट एन्थोनी हप्किन्स उत्कृष्ट अभिनेता घोषित भए । साथै ‘मिनारी’बाट पहिलो अस्कर जित्ने कोरियाली अभिनेत्री बनिन् यु जोङ उन ।

अस्कर विजेता सिनेमा र कलाकारको सुची :-

सिनेमा : नोम्याडल्यान्ड
निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट सिनेमा : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर सिनेमा : सउल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)