कोरोना दोश्रो लहरका कारण यती बेला सारा विश्वनै त्रसित बनेको छ l केही देशहरूले कोरोनालाई नियन्त्रणमा ल्याउन लकडाउन गरी सकेका छन् l अन्य विकसित देश हेरिकन नेपाल र भारत भने कोरोनाको छायामा पहिलो नम्बरमा परेको छ l    हरेक दीन कोरोनाको सिकार हुनेको सङ्ख्या बढ्दो छ, त्यही माथि  मृत्युदर पनि बढ्दो छ l बाच्ने अवस्था रहँदा रहँदै नि अक्सिजन सिलिन्डरको अभावका कारण कयौँ मानिसहरूले अकालमा ज्यान गुमाउन बाध्य बनेका छन् l अक्सिजन अभावका कारण अकालमा ज्यान गुमाउन नपरोस् भन्दै बलिउड अभिनेत्री सुस्मिता सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएकी छन् ।

cine pati

सेनले दिल्लीका विभिन्न अस्पताललाई अक्सिजन सिलिन्डर दिन लागेकी हुन् । अक्सिजन दीने व्यवस्था गरेता पनि आफूले अक्सिजन  दिल्ली पु¥याउन नसकिएको बताएकी छन् । उक्त कुरालाई उनले सामाजिक सन्जाल ट्विटरमा व्यक्त गरेकी हुन् l उनले ट्विटरमा लेखेकी छन् “अहिले जताततै अक्सिजनको अभाव छ । यो निकै दुखद हो । मैले केही अक्सिजनका सिलिन्डरको व्यवस्था गरेको छु । तर मुम्बईबाट दिल्लीसम्म पुर्‍याउने उपाय भेटिएन...कृपया मलाई सहयोग गर्नुहोला,”