अभिनेता तथा चर्चित गायक प्रशान्त तामाङलाई मातृ शोक परेको छ । कोरोना कारण प्रशान्तको आमा रुपा तामाङको मृत्यु भएको हो l दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा आमाको निधन भएको प्रशान्तले फेस्बूक मार्फत जानकारी गराएका हुन् l ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौँ लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यु ।’ प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका थिए प्रशान्त l चलचित्रको अभिनय सँगै गायनमा पनि दर्शकको उनी माथि उत्तिकै क्रेज छ l तामाङको ‘गोर्खा पल्टन, परदेशी लगायत फिल्महरू हिट छन् l अहिले उनको पाइप लाइनमा फिल्म ‘गोर्खा वारियर’ छ ।