गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतको बोल रहेको छ 'सपना' सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा 'स्माइल'को संगीत रहेको छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर छन् l  बुद्ध थापाको छायांकन रहेको भिडियोमा किरण र उषा प्रेमिल देखिएका छन् ।गीतको अडियो तथा भिडियो 'भावसागर इन्टरटेन्टमेन्ट'ले तयार गरेको हो ।राजीव समरले करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् ।