कोरोना जोखिम बढेको कारण निर्देशक दिवाकर भट्टराईले चलचित्र 'तिमीसँगै हुने मन छ’को छायांकन नगर्ने भएका छन् l वैशाख ५ गते बाट फ्लोरमा जाने तयारी गरेका दिवाकरले प्राविधिक टिम साथै यस्का मुख्य कलाकार रोहित सुचान्तीलाइ भारत बाट नेपाल बोलाएका थिए l चलचित्रको छायांकन पोखरामा गर्ने तयारीमा यसको निर्माण पक्ष थियो । तर, गण्डकी प्रदेशमा पनि कोरोनाको जोखिम उच्च देखिएको छ । कोरोनाका कारण फिल्म फ्लोरमा नजाने भएपछि यी टिम भारतनै फर्की सकेका छन् l फिल्ममा रोहित सुचान्ती र दिपिका प्रसाईँको मुख्य भूमिका रहेको छ l ओम नमः शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा यी दुईको अलावा नायक नाजिर हुसेन पनि मुख्य भूमिकामा छन् l