नायिका सुपुष्पा भट्टले निर्माता रौनक विक्रम कँडेल सँग इन्गेजमेन्ट गरेकी छिन् l सुटुक्क इन्गेजमेन्ट गरेका यी जोडी केही समय यता  डेटिङमा थिए ।   पारिवारिक समारोह बिच यी जोडीको इन्गेजमेन्ट भएको बुझिएको छ l इन्गेजमेन्ट गर्दा तस्बिरमा खुसी देखिएका यी जोडीलाई कमेन्टमा बधाई दीनेको ओइरो लागेको छ l  बेनिशा हमाल सँगको ब्रेकप पस्चात रौनक सँग सुपुष्पा नजिकिएकी थिइन l आजै मात्र इन्गेजमेन्ट गरेका उनीहरूको बिहे मिति भने तय भएको छैन । नायिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् । यसपछि उनले ‘छ माया छपक्कै र चपली हाइट ३’मा काम गरेकी छिन् । यस्तै, रौनकले ‘कबड्डी’ जस्तो सफल चलचित्र निर्माण गरेका छन् ।