फिल्म "लिलीबिली" का कारण निर्माता सुदीप खड्का र निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्म वितरक गोविन्द शाही विरुद्ध उजुरी गरेका थिए l फिल्मको सेयर लाई लिएर उत्पन भएको विवाद अदालतको फाइल सम्म पुगेको थियो l अब भने यो विवाद र आरोप बाट वितरक शाहीले छुटकारा पाएका छन् l काठमाडौँ जिल्ला अदालतले उनलाई सफाइ दिएको छ l उक्त खबर शाहीले सामाजिक सञ्जालमा जानकारी गराएका छन् l
उनी लेख्छन् "हाम्रो आस्थाको केन्द्र सम्मानित अदालत हो ।आज मैले पनि न्याय पाएको छु । सम्मानित अदालत प्रति हार्दिक आभार । सरकारी पदासिन व्यक्तिको अधिकार मिसयुज गरी अरूलाई दुःख दिने काम अरूलाई बिगार्न खोज्नुभन्दा पहिला आफूलाई एक पटक सोच्नुपर्छ भन्ने यो गतिलो जबाफ पनि हो । सहयोगी सबैलाई हार्दिक आभार ! न्यायालयभन्दा ठुलो अरू केही छैन। जय न्यायलय । जय पशुपतिनाथ !