किर्तिपुरमा नयाँ हल सञ्चालनमा आउने भएको छ l वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनले हल सञ्चालनमा ल्याउन लागेका हुन् l  हाल  हलको निर्माण कार्य भइरहेको छ l कीर्तिपुर सिनेप्लेक्स नाम रहेको उक्त हललाई मर्जन र उनका केही टिमहरू मिलेर सञ्चालन ल्याएका हुन् l हलको नब्बे प्रतिशत निर्माण कार्य सक्कीसकेको छ   l २करोड भन्दा बढी बजेटमा निर्माण भएको हलमा २८० सिट क्षमता सहित दुई पर्दा रहने छ lकोरोनाका कारण देशभरका केही सिंगल हलहरू बन्द भए पनि केही हलहरू भने निर्माण हुने क्रममा छन् ।महर्जनले वैशाख १ गतेबाट हल सुचारु गर्ने तयारी गरेका थिए l तर, कोरोना २.० का कारण हललाई सञ्चालनमा ल्याउन नसकेको वितरक तथा सञ्चालक महर्जनको भनाइ छ l किर्तिपुरका दर्शकलाई चलचित्र हेर्नका लागि सुनधारा, कमलपोखरी लगायतका स्थानमा आउनुपर्ने थियो । अब त्यो बाध्यता हट्छ । दर्शकले पूर्ण सुविधासहितको हलमा चलचित्रको मज्जा लिन सक्नुहुनेछ ।’यस हलका अन्य सञ्चालकहरू पनि बताउँछन् l