कलाकार बसुन्धारा भुसालले चलचित्र विकास बोर्ड अन्तरगतको चलचित्रकर्मी कल्याणकारी कोषलाई केही रकम हस्तान्तरण गरेकी छिन् l चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत रहेकी भुसालले ३ लाख २० हजार रुपैयाँलाई कोषलाई हस्तान्तरण गरेकी हुन् l विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीको हातमा नगद दिएकी उनले अमेरिका गएको बेला अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरूसँग सहयोग संकलन गरेकी थिइन् । साथै उनको परिवारले पनि केही रकम कोषलाई सहयोग गरेका छन् l कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजक्रिया सहयोग गर्ने लगायतका सेवा गर्दै आएको छ । लामो समय देखी अमेरिकामा बसोबास गर्दै आएका कलाकार अरुणिमा लम्साल , साराङ्गा श्रेष्ठ,दिलीप रायमाझी,रञ्जना शर्मा,रबिन राई ,भेष पोखरेल लगायत कलाकार बाट भुसालले रकम सङ्कलन गरेकी थिइन l