टेलिभिजन रियालिटी सो 'कमेडी च्याम्पियन र ‘द भ्वाइस अफ नेपाल’ निषेधाज्ञामा पनि प्रसारण हुने भएको छ । हाल कमेडी च्याम्पियनको छायांकन भइरहेको र भ्वाइस अफ नेपाल’ को तीन हप्ताका लागि छायांकन सम्पन्न भइसकेको सो का निर्देशकहरुले जानकारी गराएका छन् l केही दीन अघि कमेडी रियालिटीको प्रतिस्पर्धी श्रया सुबेदीलाई कोरोना सङ्क्रमण भएको थियो l उक्त समय रियालिटी शोका टिमहरूले सोलाई प्रसारणमा ल्याएका थिएनन् l कमेडी च्याम्पीएनका निर्देशक विशाल भँडारीको अनुसार “भौतिक दूरी र स्यानिटाइजर प्रयोग गरेर सो को छायांकन हुने छ l भने, यस् पटक चाही विना दर्शक नै शोको छायांकन अघि बढ्ने छ l यसै गरी गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले चाही सरकारले तोकेको समयसम्म मात्रै निषेधाज्ञा भयो भने त हामीलाई समस्या छैन । तर, निषेधाज्ञा लम्बिँदै गयो भने चाहिँ के हुन्छ अहिले नै भन्न नसक्ने बताएका छन् l हाल १२ औ एपिसोड प्रसारण भएको सो ब्याटल राउन्डमा पुगेको छ । भने, अहिले कमेडी च्याम्पिएन पनि १४ औ भाग प्रसारण भएर १५ औ भागको तयारीमा छ l