गायक महेश काफ्लेको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l (माया बिरानी २ ) "तातो गोली" बोलको गीतमा काफ्लेकै शब्द तथा संगीत रहेको छ l आवाजमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् l असीम शाहको निर्देशनमा तयार पारिएको भिडियोमा महेश , निश्चल बस्नेत, स्वस्तिमा खड्का र पुष्कर गुरुङको अभिनय रहेको छ l उदय राज पौडेलको संगीत संयोजन , हरि हुमागाईँको छायाङ्कन , लोकेश बज्राचार्यको सम्पादन भिडियोमा देख्न सकिन्छ l
भिडियोलाई जी टु वान डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l गायक महेशले नाच फिरिरि, माया बिरानी र लज्जावती झारको अपार सफलता पछि चौथो गीत "तातो गोली" दर्शक माझ ल्याएका हुन l