पछिल्लो समय चर्चामा रहेको गीत हो "फुल बुट्टे सारी" l सबै उमेरका व्यक्तिले अत्याधीक मनपराएपछी स्वदेश सँगै विदेशमा पनि यो गीतको कभर निकाल्नेको सङ्ख्या एकाएक बढ्यो l यही गीतलाई युगान्डाकी 'बियोन्से'ले पनि कभर गरेर निकालिन् l विदेशीले गाएको "फुल बुट्टे सारी" भनेपछि नेपालीले नहेर्ने कुरै भएन l उनै 'बियोन्से'लाई लिएर "फुल बुट्टे"का सर्जक राजन राज सिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन् l'ल्यासी पाउ' बोलको गीतमा राजनराज सिवाकोटी सँग बियोन्सेले आवाज भरेकी छिन्। मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनले नै संगीत भरेका छन्।राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से नै फिचर रहेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् l