केही दीन यता देखी गायक प्रमोद खरेलको दुर्घटना भएको भनेर कल्पित र भ्रामक समाचार हरू सम्प्रेषण भइरहेको छ l भोइस अफ नेपालको सेट बाट फर्कने क्रममा गाडी दुर्घटना भएको भनेर खबरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ l तर उक्त खबर झुटो भएको भन्दै गायक प्रमोदले बताएका छन् , आफ्नो सामाजिक सन्जाल मार्फत l खरेल लेख्छन् : केही online news हरुमा voice को सुटिङ बाट फर्कँदा मेरो गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पित र झुटा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म एकदम ठिक छु र म कुनै दुर्घटना मा नपरेको जानकारी गरॉउछु । समाचार को नाममा social media को यसरी दुरुपयोग नगरीदिनु होला please . गलत समाचार सुनेर चासो व्यक्त गर्नु हुने सबैलाई धन्यवाद र यो गलत समाचार हो भनेर बुझिदिन हुन सबैलाई अनुरोध गर्दछु ।