गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँ मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका उनको  रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो l आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै सपुतले सामाजिक सञ्जालमा पनि जानकारी गराएका छन् l उनी अहिले होम आइसोलेसनमा छन्।  'एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,' उनले फेसबुकमा लेखेका छन्। कोरोनालाई खेलाँची नठानौँ साथै आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन आग्रह गरेका  छन्। हालै उनले 'मेरो पनि होइन र यो देश?' नामक गीत सार्वजनिक गरेका थिए। जुन एक दिनमै १० लाखले युट्युबमा हेरेका थिए।