युट्युबमा प्रसारित हुने चर्चित कमेडी रियालिटी सो "नेप ग्याजम"समूहले सगरमाथामा गएर स्ट्यान्ड अप कमेडी प्रस्तुत गर्ने भएको छ । नेपग्याजम मिडिया एन्ड प्रोडक्सन प्रालिले आयोजना गर्न लागेको कार्यक्रम सोलूको सगरमाथास्थित काला पत्थरमा हुन लागेको हो l ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित  वैशाख २० गते बाट सो सुरु हुँदै छ l “नेपग्याजमका संस्थापक कलाकारद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणि त्रिताल (रमेश अंकलको छोरो)ले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्नेछन् l गिनिज बुकमा नाम लेखाउने उद्दस्यका साथ प्रस्तुत गर्न लागिएको स्ट्यान्ड अप कमेडी ८ जनाको टोली पुगेर देखाउने भएका हुन् l कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति समेत पाइसकेको छ। तीस-तीस मिनेटको दुई वटा स्ट्याण्डअप कमेडी प्रस्तुत हुने कार्यक्रमले “जमिनमा सर्वाधिक उचाईको स्ट्याण्डअप कमेडी सो ” शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने लक्ष्यका साथ आयोजना गर्न लागेको हो ।

सो को मुख्य प्रायोजन अस्ट्रेलियास्थित “अल्टिमेट इन्स्टिच्युट अफ अस्ट्रेलिया” तथा “निन्जा”को रहेको छ ।  इन्स्योरेन्स पार्टनर “सूर्या लाइफ इन्स्योरेन्स”, हेलिकप्टर पार्टनर “सिम्रिक एयर” हुन् भने सह-प्रायोजन जगदम्बा मोटर्स तथा एमएन टिभी अस्ट्रेलिया रहेका छन् । नेपालमा पहिलो पटक  अग्लो शिखरमा ५,६४३ मिटरको उचाईँमा स्ट्यान्ड अप कमेडी प्रस्तुत गर्न लागेको नेप ग्याजमनै पहिलो सो हो lयसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधार शिविर ५,२७० मिटरमा स्ट्यान्ड अप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए।