कोरोनाको दोश्रो लहरका कारण यती बेला नेपाल सरकारले उपत्यकालगायत देशका दुई दर्जन हाराहारीका जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।  निषेधाज्ञाले गर्दा व्यापार व्यवसाय , स्कुल , सिनेमा हल लगायत सबै काम कार्यहरू बन्द छन् l अहिलेको समय भनेको घर भित्रनै थन्किनु बाहेक अन्य केही उपाय छैन l घरमै सीमित भएर बस्नुपर्दा मनोविद्,चिकित्सक तथा विद्वानहरूले पुस्तक पढ्न,फिल्म हर्न र विभिन्न मनोरञ्जनात्मक सामग्री अपनाउन सल्लाह दिने गर्छन् । सबैभन्दा उपयुक्त विकल्पहरूमध्ये एक फिल्म पनि हो । तपाईँ फिल्म प्रेमी हुनुहुन्छ र यदि तपाईँले यी फिल्म हेर्नु भएको छैन भने मान्नुस् तपाईँले केही महत्वपूर्ण कुरा छुटाउनु भएको छ।

१: मुकुन्डो:

छिरिङ रितार शेर्पाको निर्देशनमा बनेको 'मुकुन्डो' उत्कृष्ट सिनेमा मध्ये एक हो ।यथार्थ घटनामा आधारित मुकुण्डोले समाजबाट कथा मात्र टिपेन, त्यो कथा प्रस्तुत गर्ने कलामा पनि मानक खडा गर्‍यो । मुकुन्डो तीन मुख्य पात्र वरिपरि घुम्छ जसमा मिथिला शर्मा, गौरी मल्ल र रतन सुवेदीको अभिनय छ । कलाकार मिथिला शर्माले माताको भूमिका निभाएकी छिन् l  गौरी फिल्ममा सरस्वती र रतन उनका श्रीमान् बनेका छन्। केसाङ छेतेन र छिरिङ रितारको लेखनमा बनेको मुकुन्डो संसारका प्रतिष्ठित महोत्सवहरूमा प्रदर्शन भएको फिल्म हो । सान फ्रान्सिस्को, भान कोभर, फुकुओका, मुम्बई लगायत इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा प्रदर्शन भएको छ। मुकुन्डो ओस्कार अवार्डमा पठाइएको पहिलो नेपाली फिल्म हो । सन् २००० मा बनेको मुकुन्डो गत साता मिला प्रोडक्सनको आधिकारिक युट्युब च्यानलबाट पनि अपलोड गरिएको छ  ।

२:भीम दत्त : 

हिमगेल लामा (टासी)को निर्देशन रहेको फिल्म एक बायोपिक फिल्म हो l भिमदत्तको जीवनीमा आधारित रहेको यस् फिल्ममा कलाकार नबल खड्का , निशा अधिकारी,सुमिना घिमिरे, रमेश बुढाथोकी लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ l एक शब्दमा भन्नु पर्दा देशलाई माया गर्ने अनि देशको इतिहासको काल खण्ड प्रतीको जिम्मेवारी महसुस गर्नेहरुले त झनै छुटाउन नहुने फिल्म बनेको छ भिमदत्त l अमेरिकाको विभिन्न सहरहरूमा निकै लोकप्रिय भएको यो फिल्म विशुद्ध मौलिक साथै नेपाली जन जिबन्, नेपाली परिवेश बोकेको फिल्म हो ।

३: नुमाफुङ:

नवीन सुब्बाको निर्देशन रहेको "नुमाफुङ" नेपाली समाज र संस्कृतिमा आधारित कथा समावेश गरी बनाइएको उत्कृष्ट फिल्ममध्ये एक हो ।लिम्बू समुदायमा प्रचलित छोरी दिँदा कुटुम्बसँग नगद,सुन आदि लिने चलन सुनौली–रुपौली प्रथा र त्यसले निम्त्याउने अप्ठ्यारो कथामा बनाइएको यस् फिल्मले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएर प्रशंसा र पुरस्कारसमेत जित्न सफल भएको थियो ।अनुपमा सुब्बा,निवाहाङमा लिम्बु,प्रेम सुब्बा,अलोक नेम्बाङलगायतको फिल्ममा अभिनय रहेको छ ।४:लाएर डाइस :

भारतीय निर्देशक गीतू मोहनदास द्वारा लिखित र निर्देशित रहेको फिल्म "लाएर डाइस" पनि हेर्नु पर्ने फिल्म मध्य एक फिल्म पर्द छ l यस फिल्मले एक दुर्गम गाउँकी एउटी जवान आमाको कथालाई देखाएको छ l जो आफ्नो हराएको पतिको खोजीमा हिन्दा आफैँ हराउँछिन् l  फिल्ममा अभिनेता नवाजुद्दिन सिद्द्की र गीताञ्जली थापाको मुख्य भूमिका रहेको छ l 

 

५: प्यासाः लेखक निर्देशक अबरार अल्बीको एउटा वेश्या (गुलाबो) सँग जम्काभेट हुन्छ। भेट चिनजान र बिस्तारै मित्रतामा परिणत हुन्छ। अबरारको आर्थिक अवस्था कमजोर हुँदा तिनले मद्दत पनि गरिन्। पछि फिल्म निर्देशनमा व्यस्त भएपछि अबरारले उनलाई भेट्न पाएनन्। एक दिन अबरार उनीसँग भेट गर्न भनी बस चढेर जाँदा बाटोमा शव यात्रा देखे। उनले बसको झ्यालबाट त्यो लासको अनुहार देखे, त्यो गुलाबोकै मृत शरीर थियो।एक दिन कुरा कुरैमा अवरारले आफ्नो मनको यो वेदना आफ्ना साथी गुरुदत्तलाई सुनाए। गुरुदत्तले यही घटनाको सेरोफेरोमा फिल्म बनाउने निर्णय गरे। अवरारलाई कथा, पटकथा लेख्ने जिम्मा दिइयो।भारतले ब्रिटिस दासताबाट मुक्ति पाएको १० वर्ष नहुँदै समाजमा नयाँ मालिकहरूको प्रभुत्व देखा परिसकेको थियो। देश आजाद हुँदा पनि अधिसंख्य आममानिस निराशा, अवसाद र कुण्ठाले सन्त्रस्त बनेका थिए। गुरुदत्तको ‘प्यासा’ तत्कालीन भारतीय समाजको चरम नैराश्यताको सजीव प्रतिविम्ब बन्यो।प्यासा जस्तो कृति कसैले चाहेर/बनाएर बन्ने होइनन्। बस्, बनाउने क्रममा बन्न पुग्छन्। सबै खाले संयोग आफ्नो चरममा घटित हुन पुगे गुरुदत्तको प्यासामा। गीतकार साहिर लुधियानवीलाई गीत लेख्दा युवा हृदयको अवगुंठन, हताशा, समाजको हृदयहीनताप्रति आक्रोशको पराकाष्ठा कहिले समर्पण र पराजय अनुभूति त कहिले विद्रोह आदि आदि ज्वलन्त भाव काव्यात्मक रूपमा लेख्ने चुनौती थियो भने सचिनदेव वर्मनलाई ती गीतलाई चिरकर्णप्रिय बनाउने चुनौती थियो– जला दो इसे फुँक डालो यह दुनियाँ, मेरे सामने से हटा लो यह दुनियाँ, तुम्हारी है तुम्ही संभालो यह दुनियाँ। फिल्मको ‘क्लाइमेक्स’ दृश्यमा फिल्मांकन गरिएको गीत थियो यो। सबै दृष्टिकोणले प्यासाको ‘क्लाइमेक्स’ अद्वितीय थियो भन्नुमा अत्युक्ति हुन्न।टाइम म्यागेजिनको ‘आल द टाइम टप’ सय फिल्ममा तीन वटा भारतीय सिनेमाले स्थान पाए, त्यसमा एउटा प्यासा हो। त्यसै गरी टाइम म्यागेजिनकै ‘टप टेन रोमान्टिक फिल्म’मा पनि प्यासाले स्थान पायो।  

६ :इन्टरस्टेलर :

यस फिल्मलाई क्रिस्टोफर नोलनले बनाएका हुन् । यी पनि मलाई मन फिल्म मेकर हुन् । यी मेकरको बेसिक मानव विज्ञान हो । उनको एक ‘इन्टरस्टेलर’ भन्ने फिल्म छ । यी मेकरले समय खोजेर समयको वैज्ञानिकता फिल्ममा प्रस्तुत गरेका छन् । यी फिल्ममेकर अतित्वको विज्ञानबाट प्रभावित छन् । उनले यो फिल्ममा समयको ज्ञानलाई अध्ययन गरेका छन् । फिल्मले समय के हो भन्ने कुरा अचम्मलाग्दो तरिकाले प्रस्तुत गर्छ ।  नोलानकै अर्को ‘इन्सेक्सन’ भन्ने फिल्म पनि छ । यसमा सपनाभित्रका सपनाको कथा हो ।

 

७ :मेमोरिज अफ मडर :

कोरियन फिल्मको अवधारणा अन्यभन्दा अलि फरक छ । त्यसमा पर्छ "मेमोरिज अफ मडर "। यो कोरियन फिल्म इतिहासको एउटा सुन्दर फिल्म हो ।यो फिल्म एउटा सिरियल किलिरको खोजीका बारेमा छ । सबै कुरा सफल हुन्छ भन्ने छैन । त्यो पात्रहरूले मनोविज्ञान अवथा हत्यारा खोजी गर्दाको सूक्ष्मता त्यसमा प्रस्तुत छ ।

८:द पियानिस्ट :‘

 ‘द पियानिस्ट’ लाई रोमन पोलस्कीले निर्देशन गरेका हुन् । यो फिल्मले पनि हिटलरको नरहसंहार कालखण्डको कथा भन्छ । यो पोल्यान्डमा भएको दुई वटा घटनामा आधारित छ । यसले एउटा पियानो बजाउने मानिसले पियानोकै कारण सोच्न पनि नसक्ने वातावरणमा बाँच्नका लागि गरेको सङ्घर्षको कथा भन्छ । उसले भोगेको अकल्पनीय यातनामय जीवनको कथा हो यो । त्योभित्र एउटा कालखण्ड छ ।