प्रदर्शन मिति नजिक आइरहेको चलचित्र ‘ए मेरो हजुर २’को टिम यतिबेला ब्यापक प्रचार प्रसारमा लागेको छ । अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र यहि आउदो भदौ १६ गतेबाट प्रदर्शनमा आउदै छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक सलिनमान बनियाको मुख्य भुमिका रहेको छ । केही समय अघि नै चलचित्रको गीतहरु र ट्रेलर सार्वजनिक भइसकेका छन् । साम्राज्ञी र सलिनको जोडीलाई दर्शकको राम्रो प्रतिक्रिया मिलिरहेको अवस्थामा चलचित्रलाई दर्शकको कति साथ मिल्ने हो त्यो चाँडै नै थाहा हुने छ ।
चलचित्रका कलाकार साम्राज्ञी र सलिनको साथमा अभिनेत्री झरना थापासँग गरिएको रमाइलो कुराकानी :-