यती वेला विश्वनै कोरोनाको सिकारमा परेको छ l कोरोनाले मृत्यु दर उच्च बनाएको छ l भ्याक्सिनको त ठेगान छैन , तर यस लाइ केही मात्रामा नियन्त्रणमा ल्याउन हरेक देशको सर्कारले आफ्नै नियम बनाएर जनतामा कडाइ गरेको छ l तर नेपालमा र भारतको सरकारले भने लकडाउनको गरी सकेको छ   l जसले गर्दा अहिले हरेक मानिसहरू घर भित्रनै थन्किन नै बाध्य भएका छन् l घरमै थन्किन परेता पनि मानिसहरूले आफ्नै आफ्नै हिसाबमा समय काटिरहेका छन् l त्यसैगरी बलिउड प्रसिद्ध निर्देशक तथा लेखक अनुराग कश्यप पनि अहिले घरमानै बसेर आफ्नो दीनचर्या बिताइरहेका छन् l उनी अहिले फिल्म हेरेर आफ्नो समयलाई सदुपयोग गरी रहेका छन् l दीनकै एक वा दुई फिल्म हेर्ने गरेको बताउँछन् निर्देशक काश्यप l नेपाल फिल्म फेस्टिभलमा सहभागी भएको क्रममा उनले आफू फिल्म लभर रहेको पनि बताएका थिए l कोरोना भाइरस ( कोभिड – १९ ) का कारण परिस्थिति जटिल बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यस पटकको निफका इभेन्टहरू अनलाइन भइरहेको छ ।निफको यो चौथो संस्करण हो ।

नेपालबाट विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर विभिन्न अवार्ड समेत जितेको फिल्मले नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाएको अनुरागले बताए । उनले कलोपोथीको डिभिडी आफूसँग रहेको बताउँदै युएसबाट किनेको जनाए । ‘युएसमा फिल्मको डिभिडी देखे । मलाई लाग्यो यो घरकै फिल्म हो । त्यसैले किनेर ल्याएर हेरे’ अनुराग भने । त्यहाँ अफिसियल रूपमा डिभिडी प्राप्त हुनुनै नेपाली फिल्मको सफलता तर्फ उन्मुख रहेको बताए । पछिल्लो समय उनले हेरेको दुई फिल्म हो , सेतो सूर्य र कालो पोथी । सोही कार्यक्रममा उनले फिल्म बनाउँदा आफ्नो कथालाई विश्वलाई देखाउने हिसाबमा बनाउन आग्रह पनि गरेका छन् l साथै आफूले फिल्म नेपालमा छायांकन गर्नु परेमा सगरमाथा नजिक गर्ने बताए । ग्याङस अफ वासेपुरको सिरिज निर्देशन गरेर चर्चामा आएका अनुराग निर्देशकसंगै लेखक , निर्माता र कलाकार पनि हुन् l