बलिउड अभिनेता अमिताभ बच्चनले केही महिना अघि आफूले चर्चित सो कौन बनेगा करोडपति बाट सदाका लागी बिदा लीने बताएका थिए l उनले लेखेका थिए , ‘म थकित छु र रिटायर्ड पनि। क्षमा गर्नुस्। केबिसीको यो अन्तिम छायांकन निकै लामो रह्यो। भोलि जे पनि हुनसक्छ। तर याद राख्नुस् काम भनेको काम नै हुन्छ। आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्छ।’ उक्त खबर उनको फ्यान सम्म पुग्दा सबैले अनेकौँ प्रश्न गर्दै निराश भएको समेत सामाजिक सञ्जालमा व्यक्त गरेका थिए l फ्यानको निराशापन र प्रश्नको कौतुलहल्तालाई हटाउँदै फेरी केबिसी मार्फत दर्शक माझ आउने भएका छन् अमिताभ lगएको वर्ष कोरोना महामारी संकटका बिच सावधानी अपनाएर केबीसीको छायांकन भएको थियो। कोरोना संक्रमणबाट तंग्रिएपछि प्रस्तोता अमिताभ पनि छायांकनमा फर्किएका थिए। पुनः अमिताभ शोमा फर्किन लागेको यस् खबरलाई भारतीय सञ्चार बलिउड हङगामाले सम्प्रेषण गरेको छ l 'कौन बनेगा करोडपति' भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम हो।