अरिफ रौफको आवाजमा समावेश गीत 'शहर स्थिर छ' सार्वजनिक भएको छ l जीवन भट्टराईको शब्द रचना र मोनिश निरौलाको लय सिर्जनामा तयार पारिएको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो l गीतको एरेन्ज पनि लय सिर्जनाकार मोनिशकै रहेको छ l भिडियोलाई गौरव भण्डारीले सम्पादन गरेका हुन् l कलाकार लक्ष्मी बर्देवाको अफिसियल युट्युब च्यानल बाट भिडियोलाई  हेर्न सकिने छ l