चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकाएकी अभिनेत्री जसिता गुरुङले एक लूक्सले सार्वजनिक गरेकी छिन् l सामाजिक सन्जाल मार्फत लूक्स सार्वजनिक गरेकी हुन् l कालो ड्रेस थाई कट कपालमा देखिएकी उनले उक्त लूक्स कुन चलचित्रको हो भनेर चाही खुलाएकी छैनन् l जसिताले लेखेकी छिन्–‘अन्ततः लामो समयसम्म लुकाएपछि मैले यो लुक्स सार्वजनिक गरेकी छु । सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’जसिताको यो लुक्स चलचित्र ‘आई एम ट्वान्टी वान’को रहेको अड्कल लगाउन सकिन्छ । यो चलचित्रको निर्माणपक्षले हालसम्म चलचित्रको कुनै पनि लुक्स सार्वजनिक गरेको छैन l भुवन केसीको निर्माणमा बन्ने ‘एन्टी हिरो’ मा पनि गुरुङ अनुबन्धित भइसकेकी छिन् l