आर्थर गन अर्थात् दिबेश पोखरेलको अमेरिकन आइडल बाट बाहिरिएका छन् l उनको यात्रा टप ७ बाट टुंगिएको छ । दोश्रो पटक आइडलमा मौका पाएका उनले कोको’ फिल्मको ‘रिमेम्बर मी’ गाएर टप ७ मा छिरेका थिए । महामारीका कारण पर्याप्त स्टेज पनि नपाएको भन्दै अमेरिकन आइडल आयोजकले उनलाई यो संस्करणमा प्रतिस्पर्धा गर्ने मौका दिएका थिए । यो चरणमा उनले सबैभन्दा ज्यादा भोट पाएका थिए । ज्यादा भोट् पाएका आर्थरले यो पटक भने उपाधि उनले नै थुप्रैले अड्कल काटी सकेका थिए lतर, आइतबार मदर्स डे स्पेसल एपिसोडमा उनले गाएको गीतले उनको फ्यान रिझिएनन् । भोटिङको नतिजाबाट उनी टप ५ मा ठाउँ बनाउन असफल भए । नेपालमा दुई एल्बम र केही एकल गीत निकालेर अमेरिका पुगेका आर्थर गत सालको अमेरिकन आइडलको उपविजेता बनेका थिए ।गत साल जस्ट सामले १८ औँ संस्करणको अमेरिकन आइडलको उपाधि जितेकी थिइन् ।