नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सकिए सँगै फिल्म ‘आमा खान्डो’ उत्कृष्ट फिल्म कहलिएको छ l ५ दीन सम्म आयोजना भएको फिल्म फेस्टिभलमा ६६ वटा चलचित्र प्रदर्शन गरिएको थियो । बिहीबार बाट आयोजना भएको फेस्टिभलमा  उत्कृष्ट निर्देशक , अभिनेता , अभिनेत्री, पटकथा र छायांकन साथै अरू विधामा पनि छुटाइएको थियो l 'आमा' खान्डो" ले  उत्कृष्ट फिल्म र निर्देशकको दुई अवार्ड हात पारेको थियो l यस् फिल्म बाट डान्डुप छिरिङले निर्देशक अवार्ड हात पार्नुका साथै फिल्मले नगद एक लाख पुरस्कार जितेको छ । फिल्म ‘लाटोकोसेरो’बाट अभिनेत्री सरिता गिरी र नवीन शिल्पकारले अभिनेतातर्फ बाट अवार्ड हात पारे l भने छायाङ्कनतर्फ बाट पनि अवार्ड जित्न सफल भयो l फिल्मलाई सिरिस गुरुङले निर्देशन तथा छायांकन गरेका थिए l यसै गरी फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आई एम’ले जितेको छ । फिल्मले १५ सय डलर पुरस्कार प्राप्त पनि गर्‍यो l छोटो फिल्म तथा वृत्तचित्र विधामा रहेको अन्तर्राष्ट्रिय फिल्ममध्ये दक्षिण कोरियाको ‘गड्स इटर डान्सेज’ले ५ सय डलर सहित बागमती पुरस्कार जितेको छ । यस्तै, नेपालबाट भने राजेशप्रसाद खत्रीको निर्देशनमा बनेको ‘जुलुङ्गो’ उत्कृष्ट हुन सफल भयो । यो फिल्मले पनि ५ सय डलर नै पुरस्कार जितेको छ । फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ एनिमेटेड बाट उत्कृष्ट र ७ सय ५० डलर सहित मञ्जुश्री अवार्ड, वृत्तचित्रतर्फको अवार्ड स्विजरल्याण्डको ‘रिटर्न टू दि लस्ट इडेन’ र यही विधामा गणेश पाण्डेको फिल्म सिभिल सोल्जर्स’ उत्कृष्ट हुँदै ५ सय डलर पुरस्कार  जितेको थियो l