आज माता तीर्थ औँसी lजन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औँसीका दिन माता तीर्थ औँसी मनाउने गरिन्छ ।  वैशाख कृष्णपक्षको औँसीका दिन मातृ श्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको संस्कृतिविद्हरूको तर्क रहने गरेको छ । माता तीर्थ औँसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आमालाई सम्झँदै र आमाले गरेको माया प्रेम र आदरलाई दर्साउँदै नेपाली कलाकारहरूले पनि आमालाई सम्झेका छन् l  सामाजिक सञ्जालमा आमाको तस्बिर राख्दै कलाकारहरूले आमा प्रतीको माया आदर लाई व्यक्त गरेका छन् भने केही कलाकारहरूले दिवङ्गत आमाको सम्झनामा भावुक स्ट्याटस पनि लेखेका छन् l  

१: नाजिर हुसेन :  सामाजिक सञ्जालमा तस्बिर राख्दै 'हो नाम्लोको पातोले नै हो, मेरो आमालाई टाउको दुख्ने रोगले सताएको उनको फरियाको सप्को जत्तिकै पातलिएको उनको खुट्टाको चप्पलको तलुवा ढाडको भारीले नै हो । याँ हामीलाई सोख सयल जिन्दगी बिनासित्ति मै भारी भै रहेछ । _आमा जी मैले तिमीलाई ताराहरु संग साटेँ तिमी त जुन भयौ तिम्रो एक टुक्रा जुन मेरो भयोl सबै आमाहरुमा मातातीर्थ औंसीको शुभकामना  भनेर दिवङ्गत आमालाई सम्झदै उनले लेखेका छन् l

cine pati

२: वर्षा सिवाकोटी : अभिनेत्री वर्षा सिवाकोटीले पनि सामाजिक सञ्जालमा तस्बिर राखेर जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै लव एमोजी राखेकी छन् l

cine pati

३: ह्यापी मदर्स डे लेखेको एक तस्बिर राख्दै दीपक राज गिरी लेख्छन् :' जन्मेर कोखमा, कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो , भाविले के लेखिदियो?यो गीत आफ्नै लागि बनेका जस्तो लाग्छ, अत जन्मदिने आमा,हुर्काउने आमा,माया गर्ने आमा, सासू आमा ,साथि भाइका आमा जो जो आमाले माया गरेर टाउकोमा हात राखेर छोरा जस्तै मान्नु  भएको छ ती सम्पूर्ण आमाहरूमा सादर दन्डवत!!!

cine pati

४: बेनिशा हमाल : यसै गरी अर्की अभिनेत्री बेनिशा हमालले पनि माता तीर्थ औँसी दीन आमाको तस्बिर राखेर लेखेकी छिन् 'तिमि छौ र त जिन्दगी सहज छ ' 

cine pati

५: आर्यन सिग्देल : यसै गरी नायक आर्यन सिग्देल आमासँग बसेको तस्बिर राख्दै लेख्छन् '९ महिना पेटमा ,३ वर्ष हातमा अनि जिन्दगी भर मनमा राख्ने आमाको वर्णन सामाजिक सञ्जालमा मात्र गरेर के पुग्ला र !समपुर्ण आमा हरुमा मातातिर्थ औशिको शुभकामना '

६ : रिचा शर्मा : दिवङ्गत आमाको सम्झनामा शर्माले आफ्नो इन्स्टामा तस्बिर राखेर "आजलाई मात्रा हैन सदैव मेरो मनमा हुनुहुन्छ" भनेर आमालाई सम्झिँदै दुःख व्यक्त गरेकी छिन् l