आउँदो इद बाट प्रदर्शनमा आउन लागेको सिनेमा सलमान खान स्टारर‘राधे : योर मस्ट वान्टेड भाइ’ सर्वाधिक महँगो मूल्यमा बिक्री भएको छ l बलिउड फिल्मको डिजिटल अधिकार विक्री भएको सिनेमालाई जी कम्पनिले १९० करोड भारुमा खरिद गरेको हो l सुरुमा यो सिनेमा २ सय ३० करोडमा जीले लिने चर्चा थियो । तर, महामारीलाई ख्याल गर्दै सलमान केही पैसा कम गर्न तयार भएपछि १ सय ९०मा कुरा मिलेको हो । भारतमा यो पहिलो सिनेमा हो जुन हल र ओटीटीमा एक साथ रिलिज हुँदै छ । भारतीय संचारको अनुसार भारतकै केही सिङगल थिएटरमा यो फिल्म रिलिज हुने पनि बताइएको छ l  । कोरोना महामारीका कारण मल्टीप्लेक्स हलमा रिलिज गर्ने वातावरण नभए पछि जीलाई बेचेका हुन् । ओटीटीमा यो फिल्म हेर्न भारतीय दर्शकले २ सय ४९ रुपैंया तिर्नुपर्नेछ । यसअघि हाइब्रिड मोडल (हल र डिजिटल प्लेटफर्म)मा रिलिज हुने गरी सिनेमालाई जीले २३० करोड भारुमा किनेको थियो । यसअघि अक्षय कुमार स्टारर सिनेमा लक्ष्मी सर्वाधिक मूल्यमा विक्री भएको थियो । अभिनेता सलमान खानको मुख्य भूमिका रहेको सिनेमालाई सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो । सिनेमालाई प्रभु देवाले निर्देशन गरेका हुन् l सिनेमामा सलमान सी बि आइ पुलिस अफिसरको भूमिकामा देखिएका छन् l खानको अलावा सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्राफ लगायतका कलाकारको अभिनय रहेको छ ।