अभिनेत्री शिल्पा पोखरेल अभिनीत नयाँ भोजपुरी फिल्मको ट्रेलर सार्वजनिक भएको छ । यो उनको दोश्रो भोजपुरी फिल्म हो । यश अघि पोख्रेलले `जय शम्भु´नामक फिल्ममा काम गरेकी थिइन । नेपाली मूलका सोनु खत्रीको निर्देशन रहेको ‘प्रेम गीत २’ मा शिल्पा र भोजपुरी स्टार प्रदीप पाण्डे मुख्य भूमिकामा छन् । २ मिनेट ४० सेकेन्डको ट्रेलरमा उनीहरूको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । रत्नाकर कुमार प्रस्तुतकर्ता रहेको फिल्ममा हरि घले लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व समावेश गरिएको छ । स्टार पाण्डे सङ शिल्पाले दोश्रो पटक सहकार्य गरेकी हुन् ।